"मेरो ठाउ को एक रमणीय स्थल "
कसलाई आफ्नो ठाउ राम्रो लाग्दैन र म पनि त्यस्तै मानिसहरु को भिडमा हूँ यसै गरि मेरो ठाउँ चाही मेरो सुन्दर लम्जुङ को एक ठाउँ को बारेमा म lekhna जादैछु आज म यो पानामा मेरो को रमणीय ठाउँ दूध पोखरी को बारेमा मलाई थाहा भएसम्म कोर्नेछु
"दुधपोखरी"
"दुधपोखरी"
दुधपोखरी भनेपछि हुरुक्कै हुन्छ्न लम्जुङ बासिहरू जब असार साउन महिनामा कामको बेलामा पनि लम्जुङे हरु दुधपोखरी जाने सल्लाह गर्छनगाउँ गाउँ को मेलापात देखि लिएर चुलो चौको सम्मा दुधपोखरी को महिमा गुन्जिन्छ त्येही गून्जाइ सहर बजारमा पनि आइपुग्छ र जो कोही पनि दुधपोखरी जान तम्सिन्छनसाच्चिकै दुधपोखरी लम्जुङ्को पर्यटकीय एव धार्मिक स्थलहरू मध्य आग्रपंक्तिमा गनिंन्छ संभवत बिस्वको उच्च स्थानमा रहेको ताल दुधपोखरी भंन्ने गरिंन्छ तर पनि दुधपोखरी समुन्द्री बाट पाच हजार उचाइमा नुहाउने पवित्र स्थल हो त बिस्वको सबै भन्दा उचाइमा रहेको मनांङ को तिलिचो ताल चाही उचाइमा रहेको छ दुधपोखरी लम्जुङ ,मनांङ, कास्की को सिमानामापर्दछहिमालको काखमा रहेको दुधपोखरी हेर्दा स्वर्गको अनुभूति हुन्छ दुधपोखारिमा बिसेष गरि जनै पूर्णिमामा मेला लाग्ने गर्छ बिसेष गरि युवा युवती हरु को भीड़ लाग्ने गर्द्छ गाउँ गाउँ बाट आफ्ना दौतरी का साथमा दुधपोखारिमा नुहौना जादा जादा लम्जुङ का युवती हरुले भाग्यमानी ठान्दछन पोखरीमा नुहाउनको लागी कमिलाको ताती जस्तो हुन्छन गुरुंग ,मगर गाउँका युवा युवती हरु दुधपोखरी नुहाउन जाने भन्दै रोधिमा सल्लाह गर्ने गर्छन जाने भएपछि जान नदिएपनी रुने दूध पोखरी को बारेमा भन्नुपर्दा अति नै रामाणिय ठाउँछ यहाँ गएर नुहाउदा आफ्ना पाप हरु सबै मुक्त र आटेको कुरा पुग्ने ने भन्ने बिश्वास गरिन्छ यो धार्मिक एब पर्यटकीय स्थल बनेको छ दुधपोखरी जानको लागी लम्जुंग को सदरमुकाम देखि बेसिसहर बाट तिन दिनको बाटो तय गर्नुपर्छ त्यहा बाट पर्यटकिय गाउ सिरुंग हुदै पुग्न सकिन्छ ग्रामीण पर्यटकीय क्षेत्र भुजुंग पुष गाउँ को घनपोखरा लगायतका छुट्टा छुट्टै गाउँको बाटो भएर पुग्न सकिन्छ त्यति मात्त्र नभएर हिमालपारिको जिल्ला मनांग को दुध खोला हुदै डाफ़ेओडारहुदै पुग्न सकिन्छ त्यस्तै कास्की जिल्ला को सिक्लेस बाट पनि र ताङलिन बाट पनि पुग्न सकिन्छ त्यहाँ जदाको क्षण सबैले रमाइलो महसुस गर्छन त्यहाँ जादा बाटोमा फुल्ने सप्तरंगी फुल हरुले मनमा आनन्द दिन्छ फूलहरुले सबैलाई स्वागत गरेको जस्तो हुन्छ चार हजार उचाइमा पुगेपछि पाच औले ,निर्मसी लगायत क जदिबुटिहरु प्रसस्तै पाइन्छजादा बाटोमा घनपोखरा ,भूजुंग कास्कीको ठुल्लेक नै दोश्रो गन्तब्य हो परापुर्व कालमा घले गुरुङ हरुले घोडा दौदौने काम गर्थे ठुल्लेक का बुकी फूलहरु प्रसिद्द सुनफुलका बास्ना राम्रो आउछ पहाडका कन्दरा देखि लम्जुंग हिमाल लै आखाको आगाडी राख्दै यात्रा गर्दा को मज्जा आरके हुन्छ देउराली र भन्ज्यांग हुदै ठुर्जु लेक एक मत्त्रै गन्तब्य हो ठुर्जुमा २०६० सालमा सिक्लेसका लालप्रसाद गुरुङ ले धर्मसाला बनाएका थिए नुहौना को लागि दुधपोखरी आउने हरु प्राय भेदी गोठमा नै बस्ने गर्छन गोठमा वस्दा छुट्टै आनन्द आउछ त्यहाँ जादा गोठाला हरुलाई केहि समान हरु रक्सि सेल रोटि हरु लाने गर्छन त्यहाँ वस्दा सबै रातभर जागा बसी रमाइलो गर्छन सारंगी मादल बजाएर गीत गएर रमाइलो गर्छन येसरी दुध्पोखारिको यात्रा कठिन भएपनि त्यहाको दृश्य छुट्टै छ दुधपोखरी को गन्तब्य कहाँ र कसरि छ भन्ने कुरा कसैलाई पनि थाहा नभएको भनिन्छ गोठाला हरुले भन्छन दुधपोखरी एक एतिहासिक स्थल हो द्रब्य साहको जिबन संग जोडिएको छ भन्ने गरिन्छ १५ औ सताब्दी मा द्रब्य साहकी दुइ ओटा रानी मध्ये याम्फावती को लेकाली कन्दरामा मरणको कथा येस्मा रानीको मृत्यु पछि द्रब्य साहले बोक्दै जाने क्रममा रानीको स्तन त्यहाँ परेको ले त्यो दुधपोखरी रहयो भन्ने गरिन्छ आर्को कुरा परापुर्व कालमा गोठाला हरुले भेडा खोज्ने क्रममा त्यहाँ दुधको दह भेटिएको बताउछन येसरी विविन्न किसिमका कुराहरु भएपनि यो आतिनै रमणिय छ येह नुहाएर फर्कदा आखाको अगाडिनै देखिने एक ठुर्जु लेकको उत्तरमा काली पोखरी छ त्यहाँ हेर्न हुन्न भन्ने विश्वास गरिन्छ नाराम्रो हुन्छ त्यहाँ हेरेमा भन्ने रहेको छ
तेसैले त्यहाको पोखरीको रंग नै परिवर्तन भैरहने हुनाले कहिले कालो कहिले हरियो हुनाले हेर्न नहुने भनिन्छ त्यहाँ दुधपोखरीमा नुहाएर फर्कदा केहि समान छोडिएमा फर्केर लिन जान नहुने पनि भनिन्छ ठुर्जु उकालो लाग्ने क्रमम मा बाङ्गेखोला देखिन्छ बाङ्गेखोला सर्प आकारको छ येसरी दुधपोखरी लम्जुङको मात्रा नभई नेपालकै एक एतिहासिक सम्पदा बनेको छ
देशलाई बचाई देशको सम्पतिको रक्षा गरु sandip
देशलाई बचाई देशको सम्पतिको रक्षा गरु sandip