

म आज यो सानो अहिलेको आधुनिक पत्रको पानामा केही कुरा पोख्दै छु सर्बप्रथम आफ्नो बाल्यकाल बाट सुरु गर्दैछु मेरो जन्म इन्डियामा भएको हो मेरो परिवारमा म ,मेरो प्यारी बहिनी ,बाबा ,ममि हुनुहुन्छ म र मेरो बहिनीको जन्म एकै ठाउँमा भएको हो मेरो बाबा इंडियन आर्मी भएको ले हामी त्यहा रहेका थियौ म आफुलाई गर्ब र हौसलात्मक ठान्छु किन भने मलाई मेरो परिवार सुहाउदो र मलाई यति धेरै माया गर्ने पाए म कसलाई धन्यवाद दिऊ भगवान वा कसलाई म यसरि जन्म थलो बाट अध्यन सुरु गरि केही समय पछी मेरो ममी ले आफ्नै गाउँ घर पुरानो ठाउँ फर्कने कुरा गर्नुभयो यसलाई समर्थन गरी बाबा ले मान्नु भयो यसरि हामी नेपाल जून त्यसतो सुन्दर र हराभरा ठाउँ फर्कियौ त्येतिबेला म नौ बर्सको थिए मलाई पनी रमाइलो महसूस भयो स्वोर्गको घर फर्कियौ त्यसपछि हामीले केही सानो घर बनायौ आफ्नै आगनमा र त्यसपछि हाम्रो पढ़ाई मेरो र बहिनीको सुरु गर्यो मैले आफ्नो पढ़ाई तिन कक्षा बाट सुरु गरे मेरो बाबा पनी फर्किनु भयो हामीलाई प्रोत्साहन दीइ यसरि मैले पढ़ाई राम्रै संग आगाडी बढाउँदै गए म यसरि गर्दै कुनै बर्ष पनी आबधी भएन २०६० सालमा एसएसएलसि पनी पास गरे म धेरै खुसी भये र म मात्र नभई मेरा सबै इस्टमित्र खुसी भये मेरो परिवार त झनै किनभने आश थियो अब केही आगाडी गयो भनेर त्यसपछि म अब आफ्नो ठाउँबाट केही टाढा को ठाउँ मेरो नजिकको सहरमा पोखरा गए मलाई लाग्थ्यो म पनी खुसी छु मैले सोचेको सहर सुन्दर नगरी सहरमा आध्यन गर्न पाएको थिए त्यहा गएर म एक राम्रो चिनिएको कलेज जनप्रिय मल्टीपल क्याम्पसमा भर्ना भई +२ पढ़ाई बढ्दै पनी अनेकौ भोगाइ हरु पार गर्दै सथिसंगी बनाई आफ्नो पढाईलाई अगाडि बढाउदै गए त्यहा पनी कति राम्रा नाराम्रा साथी हरु बने तर अहिलेसम्म पनी मंनमा बिझिरहेको मित्रहरु त्याहाबाट बने म त्यों समय बिर्सन सक्दिन त्येसमा पनी मयालु को बाटो पनी बनेको महसूस भएको थियो म कहिले कही घर तीर पनी जाने गर्थे येसरी बित्दै समय सर्दे गयो .................मैले दुई बर्ष पनी पार गरे अब का कुरा हरु मैले यि सबै कुराहरु छोटो रुपमा कोरेको छु संदीप